Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगको निर्णयप्रति एमालेको ध्यानाकर्षण


    आइतबार, चैत्र १३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।

    आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले ध्यानाकर्षण गराएको हो । 

    त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पहिलो स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगको उक्त कार्यप्रति ध्यानाकर्षण गराएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार