Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • १५ वर्षपछि पक्राउ परे सुवेदी दम्पतीका हत्यारा


    सोमबार, असार २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । १५ वर्षअघि सितापाइलामा एउटा विभत्स हत्याकाण्ड भएको थियो । सो घटनामा नातिकाजी सुवेदी र उनकी श्रीमतीले ज्यान गुमाएका थिए ।

    मजदुरका रुपमा काम गर्न आएका सर्लाहीका जयकिशन शाह उर्फ जेके र उनका सहयोगी कञ्चनपुरका प्रताप रानाले मिलेर सुवेदी दम्पतीको हत्या गरेका थिए ।

    जेके र प्रकाशले व्यक्तिगत रिसइवीका कारण हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । घटनामा छाेरा सुलभ सुवेदी घाइते भएका थिए । 

    भारतमा लुकेर बसेका जेकेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यहीबाट पक्राउ गरी ल्याएको बताइएको छ । प्रकाश भने अझै फरार छन् ।

    सीआईबीले घटनाबारे जानकारी गराउनका लागि आज पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार