Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुष्प मेलाको तेस्रो दिन, लक्ष्यभन्दा बढीको कारोबार


    शनिबार, चैत्र १२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् । मेलामा ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । 

    फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । उक्त दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो ।

    चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए । उक्त दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् । र, आज ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

    शनिबार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उनले बताए । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य थियो ।

    मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार