Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ बर्षीया बालिकालाई यौन दुब्यर्वहार, शिक्षक पक्राउ 


    शनिबार, चैत्र १२ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । १३ वर्षीया छात्रालाई यौनजन्य दुव्र्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिका–१ मा रहेको चिल्ड्रेन गार्डेन एकेडेमीमा कार्यरत एक शिक्षक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद शिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।  शिवाकोटीले विद्यालय परिसरभित्रै यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेपछि उनलाई घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी पाठकले बताए ।

    पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार