काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० पुगेकाे हाे ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ६५ मा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि १० रुपैयाँ बढेर तोलामा ९ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।