Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै


    शनिबार, चैत्र १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न बालुवाटार तर्फ गएका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सम्पन्न भए लगत्तै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार तर्फ गएका हुन् । 

    द्विपक्षीय बैठकमा सहभागी हुनुअघि परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गरेका थिए । 

    नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार