Nepal Face
  • आइतबार, १० साउन २०८३
  • द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री सिंहदरबार पुगे


    शनिबार, चैत्र १२ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार पुगेका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ । 

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने  चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नेछन् । 

    बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

    चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार