Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत अभाव आशंका भइरहेको बेला उर्जामन्त्री भुसाल भन्छिन्–विद्युतको अधिकतम प्रयोग गरौं


    शनिबार, चैत्र १२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची। उर्जामन्त्री पम्फा भुसालले एलपी ग्यासलाई विस्थापित गर्न र विद्युतको अधिकतम प्रयोग गर्न आग्रह गरेकी छिन् । 

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा निर्माण भएको १३२ केभी प्रशारण लाइन उद्घाटन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण आवश्यकताअनुसार विद्युत पुर्याउन तयार रहेको बताइन् । 

    मन्त्री भुसालले अर्घाखाँचीमा कुनै पनि व्यक्ति विद्युतको पहुँचबाट टाढा नरहेको पनि दावी गरिन । ‘कोही विद्युत पहुँच बाहिर हुनुहुन्छ भने हामीलाई भन्नुस् चाडै नै सबलाई विद्युत पहुचमा पु¥याउँछौं ।’ उनले भनिन् । 

    मन्त्री भुसालले अब विद्युतीय गाडी प्रयोग गर्न समेत आग्रह गरिन । ‘यो सस्तो पनि छ, सजिलो पनि छ ।’ भुसालले भनिन्, ‘बरु कहाँ कहाँ चार्जिङ स्टेशन बनाउनुपर्ने हो हामी तयार छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार