Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साधना लघुवित्तको आइपीओ आज बेलुकी बाँडफाँड हुने


    सोमबार, असार २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साधना लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी रहेकोछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज सोमबार बाँडफाँट गर्ने सम्भावना छ । हिजो आइतबार प्रिअलोटमेन्ट गर्ने कार्यक्रम सकिएको छ । यदि आज बाँडफाँट हुन नसेकेमा भोली मंगलवार हुनेछ। । माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबलआइएमई क्यापिटलले जनाएकोछ ।

    कुल आवेदनमध्ये ३ लाख ८२ हजार ५०८ आवेदकको हात खाली हुने प्रारम्भिक तथ्याँकले देखाउछ। बाँकी ६६ हजार १५२ जना आवेदकले भने गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पार्नेछन्। आइपीओमा आवेदन गर्ने १४.७५ प्रतिशत लगानीकर्ताले मात्र आइपीओ पाउने भएका हुन्।

    साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । यस कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०५ अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।

    यस्तै, ५५ अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार