Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवा ब्याटर रोहितको कीर्तिमान


    शुक्रबार, चैत्र ११ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् । 

    एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् ।

    उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा रोहितले ५४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५० रनमा खेलिरहेका छन् ।

    ७३ रनमा चार विकेटको स्थितिमा ब्याटिङका लागि आएका रोहितले आरिफ शेखसँग पाँचौ विकेटका लागि अविजित ६० रनको साझेदारी गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार