काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन ।
‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हँुदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नि आरजु राणाको पनि प्रशंसा गरेका छन् ।
‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’
देउवाप्रति पुरै विश्वस्त देखिएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःसर्त गराउन खोजेको तर त्यसका लागि चारवटा सर्त राखेको पनि खुलाएका छन् ।
‘एमसीसी पारित गराउनका लागि शेरवहादुरजीलाई चारवटा सर्त राखियो, यो सर्त पूरा गर्ने हो भने विनासर्त एमसीसी पास गर्छु केपी ओलीले भनेका रहेका छन,’ नेपालले भने, ‘तर, उहाँले (देउवा) मान्नुभएन ।’
नेपालका अनुसार एकीकृत समाजवादीका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले तुरुन्त कारबाही गर्नुपर्ने, यदी सभामुखले कारबाही नगरेमा राजीनामा दिनुपर्ने पहिलो सर्त राखेका थिए ।
दोस्रो सर्त एकीकृत समाजवादीको वैधाानिकतालाई रद्द गरिदिने, तेस्रो पाँच दलको गठबन्धनलाई भंग गरिदिने र चौथो तीनवटा प्रदेशका मुख्यमन्त्री एमालेको भागमा दिनुपर्ने सर्त राखेको, तर प्रधानमन्त्री देउवाले अस्वीकार गरेका नेपालले जानकारी दिएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend