Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित


    शुक्रबार, चैत्र ११ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोसपाले कारबाही गरेको छ ।

    महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

    पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

    जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् । उनी पुन: जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।

    FB_IMG_1648134322143.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार