तनहुँ । बिहीबार तनहुँ सदरमुकाम दमौलीमा आठौँ तनहुँ महोत्सवको उद्घाटन चल्दै थियो । तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले महोत्सवलाई सम्बोधन गरेपछि पालो थियो, कांग्रेस नेता रामचन्द्र पौडेलको । सम्बोधनको क्रममा नेता पौडेलले आफैँले आफैँलाई धन्यवाद दिएका छन् । उनले एमसीसीको पक्षमा कसैले बोल्ने आँट नगरेको बेला एमसीसी पास गर्नुपर्ने पक्षमा आफूले मुख खोलेको भन्दै आफैँलाई धन्यवाद दिए ।
‘एमसीसीको पक्षमा बोल्न कसैले आँट गरेका थिएनन् । एमसीसी राष्ट्रघाती हो । के के हो भनेर दुनियाँभरको प्रचार गरिएको थियो । त्यस्तो अवस्थामा एमसीसीको पक्षमा खुला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सिर्जना गर्न मुख खोलेकोमा, मुख खोल्न नसकेकाहरूको मुख पनि खुलाइदिएकोमा म आफैँलाई पनि धन्यवाद दिन चाहान्छु’, उनले भने ।
नेपालमा विद्युत् विकास गरेर मुलुकको गरिबीलाई उन्मुलन गर्ने महत्वपूर्ण अनुदान दृढतापूर्वक एमसीसी अनुमोदन पारित गराएर छाड्ने अठोट लिएकोमा प्रधानमन्त्री देउवालाई नेता पौडेलले नेपाली जनताको तर्फबाट भन्दै बधाई दिए ।
अब गाउँबाट बेरोजगारी र गरिबी हटाउनुपर्ने बेला भएको नेता पौडेलको भनाइ छ । अगाडि थप्दै उनले भने, ‘हामीले गाउँमा बसौँ बसौँ भन्ने नारा लगायौँ । तर गाउँबाट अझै पनि पलायन भइरहेको अवस्था छ । गाउँमा पूर्वाधार पुगेका छन् तर गाउँबाट मान्छे तल झरिरहेका छन् । तिनलाई त्यहीँ रोक्नका लागि अब गाउँमै आम्दानी र रोजगारीको सिर्जना गर्नुपर्दछ । र यो देशमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर आत्मनिर्भर बनाउने बाटोमा हामी जानपर्दछ ।’
गाउँ गाउँमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा नेता पौडेलको जोड छ । कांग्रेसको १४ औँ अधिवेशन अगाडिसम्म पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना मात्र गर्ने नेता पौडेलले पछिल्लो समय निकै प्रशंसा गर्न थालेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend