Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८२ नयाँ संक्रमित भेटिए, १४७ जना डिस्चार्ज


    आइतबार, असार २८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर ८२ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकार् ३ हजार ९ सय १६ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै आज ६ जना संक्रमित भेटिएका छन् ।

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ८ हजार ५ सय ८९ पुगेकाे छ ।

    हाल ८ हजार १ सय ७४ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा छन्।  

    आइतबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार