काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा घनश्याम भुसालले एउटा प्रस्ताव राखे । उनको प्रस्ताव थियो, बाम एकता ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा उनले बाम एकताको प्रस्ताव ल्याएका हुन् । उनको प्रस्तावमा अर्का नेता रघुजी पन्तले पनि साथ दिएका छन् ।
उनले बैठकमा भने, ‘नेकपा एमाले वाम एकताको मूल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यकता छ ।’
कम्युनिस्ट पार्टीका अत्यधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्ट पार्टीको एकता चाहेकाले कम्युनिस्ट एकता गठबन्धन गर्न आवश्यक रहेको बताए । एक पार्टी एकता गरेर पाँच वर्ष पनि टिकाउन नसकेका एमाले माओवादी नेताहरूले फेरी त्यही बाम एकताको भजन गाउन थालेका छन् । त्यसको पछाडि एकताभन्दा पनि चुनाव प्रमुख कारक मानिन्छ ।
यसरी बाम एकता, चुनावी गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा घनश्याम मात्र छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, वामदेव गौतमलगायत नेताहरू चुनावमा एक्ला एक्लै लड्न डराइरहेका छन् ।
विशेषगरी प्रचण्ड र माधव नेपाल त जसरी पनि चुनावी तालमेल गर्नुपर्छ भन्ने पक्षमा अडिग छन् । चुनावी तालमेल र बाम एकता नगरेर एक्लै चुनाव लडियो भने हारिन्छ भन्ने डर उनीहरूमा छ ।
पार्टी विभाजन र पार्टीभित्रको असन्तुष्टिले गर्दा घनश्यामलाई एक्लै चुनाव लड्ने हिम्मत छैन । जसले गर्दा उनी चुनाव केन्द्रित बाम एकताको पक्षमा जोडदार रूपले लागिरहेका छन् ।
आफ्नो जनाधार कमजोर भएपछि आफ्नो जित सुनिश्चितताका लागि बाम एकता, चुनावी गठबन्धनको पक्षमा लागेका अर्का हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।
२०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । जुन बेला नेकपा एमालेसँग पार्टी एकता भइसकेको थियो । उनले ४८ हजार २७६ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी राप्रपा नेता विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । दुई पार्टीका मतदाताको मत पाउँदा पनि पाण्डेले राम्रै मत ल्याएका थिए ।
आगामी वर्ष हुने निर्वाचनमा प्रचण्डलाई पराजित हुने निकै डर छ । जसले गर्दा उनी अहिलेको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने जोडदार माग गर्दै आएका छन् । स्थानीय तह निर्वाचनमा पनि उनको पार्टीको अस्तित्व जोगाउन उनले गठबन्धन बाहेक चुनावमा जाने परिकल्पना समेत गर्न सकेका छैनन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि जनाधार कमजोरको अवस्थामा छन् । जसले गर्दा गठबन्धनबाटै चुनाव लड्नुपर्नेमा उनको जोड छ । नेकपा एमालेबाट अलग्गिएर पार्टी गरेका नेपाल पहिलो पटक निर्वाचन लड्दैछन् । उनको जनाधार कस्तो छ भन्ने यकिन छैन । जसले गर्दा पनि उनी चुनावी गठबन्धनमा जोड दिइरहेका हुन् ।
गठबन्धनमा जोड दिइरहेका अर्का नेता हुन्,– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।
२०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । तत्कालीन नेकपा नेता किसान श्रेष्ठले उनलाई पराजित गरेका थिए । विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याएका थिए । भने पौडेलले २७ हजार ६७५ मत ल्याएका थिए । त्यो बेला श्रेष्ठ नेकपा एमालेबाट चुनाव लडेका थिए । अहिले नेकपा एमाले विभाजित छ । श्रेष्ठ नेकपा एसमा आबद्ध छन् । आफ्नो जीत सुनिश्चित गर्नको लागि पौडेल गठबन्धनबाट चुनावी तालमेल गर्नुपर्छ भन्ने अडानमा छन् ।
त्यस्तै लामो समयदेखि बाम एकताको पक्षमा रहेका अर्का कम्युनिस्ट नेता हुन्,– बामदेव गौतम । २०७४ सालको निर्वाचनमा उनी बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । तत्कालीन एमाले उपाध्यक्ष समेत रहेका नेता गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।
सञ्जयले ४४ हजार ८२९ मत पाएका थिए । भने बामदेवले ४४ हजार ७६ मत पाएका थिए । देशैभर बाम गठबन्धन लहर आइरहेका बेला वामदेव भने पराजित हुन पुगेका थिए । त्यही डरले उनी बाम एकता र चुनावी तालमेलको पक्षमा अडिग हुन्छन् ।
आफ्नो जनाधार कमजोर देख्ने, पाँच वर्षको अवधिमा लोकप्रिय काम गर्न नसकेका र विवादित बनेका नेताहरू यतिबेला बाम एकता, चुनावी तालमेल र सहकार्यको पक्षमा उभिरहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend