कपिलवस्तु । गृहमन्त्री अले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दाबी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर ( सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय) को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे ।
गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको जनाउँदै देशकै अब्बल बाहिनी बन्न शुभकामना व्यक्त गरे । उनले लामो समय देखि रोकिएको सशस्त्र प्रहरीको बढुवा प्रक्रिया व्यवस्थापनको लागि सरकारले तयारी गरेको जनाए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नु पर्ने बताउँदै लुम्बिनी प्रदेशमा ४१ बीओपी स्थापना भईसकेको र चालु आर्थिक वर्षमा १७ थप हुने चरणमा रहेको बताए ।
कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाका युनिटहरू रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्गले बताए । मुख्यालय कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार क्षेत्रमा छ । २०५७ सालदेखि सञ्चालन भएको गणको ६ भदाै २०७५ मा स्तराेन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।
कार्यक्रममा संसद अभिशेख प्रताप शाह, नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्रकुमार कनोडिया, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ्ग लगायतको उपस्थिति थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend