Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८० अर्बभन्दा बढीको तेल भारत निर्यात


    मंगलबार, चैत्र ८ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ । 

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो । 

    पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ । 

    यस वर्ष नेपालले भारतमा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमास तेल पठाएको छ । 

    यस्तै, सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल नेपालबाट भारत गएको छ । यस वर्ष ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल पनि भारतमा निर्यात भइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार