काठमाडौं । आज ८ चैत २०७८, तदनुसार २२ मार्च २०२२ मंगलवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला ।