Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धन गर्नेबारे कांग्रेसमा दुई धार छ, छलफलबाट निर्णय हुन्छः सिंह


    सोमबार, चैत्र ७ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन् । 

    नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टी भित्र अन्य दलसंग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए । 

    उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए । 

    करिब दुई तिहाइ मत पाएका कम्युनिष्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रर्दशन गरेकाले जनताले उनीहरुलाई मत नदिने उनको दाबी थियो । एमसीसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार