काठमाडौं । वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले गतिविधीलाई बढाएका हुन् ।
उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ ।
हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।
गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।
महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनीहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् ।
तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् ।
देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् ।
‘वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन्’ भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत भने दिएका छन् ।
आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राखेका थिए ।
तर, अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताए । उनको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।
अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ ।
एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताएका थिए । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताए ।
ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताए । उनले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताएका थिए । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।
देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए । नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।
कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् ।
तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।
उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुने/ नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend