Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा फेला पर्यो तीन मिटर लामो अजिङ्गर


    आइतबार, असार २८ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षकसहितको टोली खटी अजिङ्गरलाई समातेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो । वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ । प्रहरीका अनुसार अजिङ्गरबारे डिभिजन वन कार्यालय सप्तरीका प्रमुख वन अधिकृत सन्तोषकुमार झालाई जानकारी गराइएको र बुझाउने तयारी भइरहेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार