काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले आयोजना गरेको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेका थिए ।
आज (सोमबार) सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाको आयोजना र समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बेलामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।