Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुसाल र पन्तलाई ओलीको जवाफ: वाम नै नभएकाे देशमा, के को एकता ?


    सोमबार, चैत्र ७ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् । 

    सोमबार बसेको उमालेको पोलिटब्यूरो बैठकमा घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन् । 

    भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए ।

    बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी एकता नहुने जवाफ दिएका हुन् । ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ?’, ओलीको जवाफ थियो, ‘वाम भन्ने चिज नै छैन ।’ तर चुनावी एकता भने हुने ओलीले बताए । ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार