Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको अध्यक्षमा भण्डारी, पदाधिकारीमा को को आए ?


    सोमबार, चैत्र ७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको पाँचौं अधिवेशनले राजेन्द्र भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । मञ्चका पाँच उपाध्यक्षमा क्रमशः डिकबहादुर खत्री(कुमार), दलबीर भण्डारी, रामकुमार राई, सरिता घले र सन्जु गुरुङ निर्वाचित भएका छन् । आइतबार भएको मञ्चको निर्वाचनले महासचिवमा जनक रावललाई निर्वाचित गरेको छ । दुई उपमहासचिवमा मिलन कट्टेल र डण्डपाणि भट्टराई दिलीपलाई चयन गरेको छ । 

    त्यसैगरी, ७ सचिवमा मदन पौडेल, सुशील केसी, हरिबहादुर ठाडामगर, अमृत विश्वकर्मा, बेनीबहादुर कार्की, घनश्याम सिंजाली र राजेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । 
    कोषाध्यक्षमा शिवहरि मैनाली शितललाई चयन गरेको छ ।

    सदस्यहरुमा जनक पौडेल, हरि डाँगी, आङछिरी शेर्पा, भीष्मप्रसाद शिवाकोटी, खेमनाथ गौतम, माधवप्रसाद भूर्तेल, दीपक आचार्य, उमेश महतो, सूर्यबहादुर डाँगी, विनोद बिष्ट, मोहनप्रसाद आचार्य, श्यामचन्द्र खतिवडा, रेशम लामिछाने र लोकबहादुर सुवेदी चयन भएका छन् ।  

    मञ्चको अध्यक्षमा भण्डारीले रोहन गुरुङलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । मञ्चको अधिवेशन २०७८ फागुन ३० मै सुरु भए पनि नेतृत्व चयनमा बिलम्ब भई चैत ६ मा निर्वाचन भएको हो । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्च एमाले निकट संगठन हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार