काठमाडौं । पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल सन्तुलित कूटनीतिकको पक्षमा रहेका बताएकी छन् ।
गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित गिरिजाप्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध विषयक कार्यशाला गोष्ठीमा उनले गिरिजाको सन्तुलन कूटनीतिक सम्बन्धले ठूला कूटनीतिक संकट समाधान भएका बताइन् ।
‘गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्षसमेत रहेकी कोइरालाले गिरिजाले दुवै छिमेकी राष्ट्र भारत र चीन, महाशक्ति राष्ट्र अमेरिका तथा विकासका साझेदार राष्ट्रहरु सबैसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरि अगाडि बढेको हुनाले देशमा आइपरेका ठूलाठूला संकटहरू पनि निर्मुल भएको बताइन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। फाउन्डेसनले स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीलाई गिरिजाप्रसाद कोइराला तथा नेपालको पररास्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक बिकास संग जोडिएको बिषयमा शोधपत्र तयार गर्न ८० हजार रुपैयाँ बराबरको गिरिजाप्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्ने भएको छ ।
साथै अन्य शैक्षिक कार्यक्रमहरुमा पनि सहकार्य हुनेछ । सोसम्बन्धी समझदारी पत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख प्रेम खनाल र फाउन्डेसनका तर्फबाट रिसर्च डाइरेक्टर डा तारा प्रसाद बन्जाडेले हस्ताक्षर गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend