एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हाे ।
१३३ जना यात्रु बाेकेकाे जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।