काठमाडौं । प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ । अब अदालतले सबै प्रमाणहरूकाे अध्ययान गरेर फैसला सुनाउने छ ।
१७ वर्षीया ती किशोरीले गत फागुन ११ गते शाहले प्रेम र मायाको झुटो आश्वासनमा पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि केही दिन भूमिगत भएका शाह चार दिनपछि प्रहरीकहाँ पुगेका थिए।
१५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाहकाविरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती बालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ ।