Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन निष्पक्ष हुनेमा ओलीको आशंका- मतपत्रको रक्षा गर्न आफ्ना नेताहरूलाई निर्देशन


    सोमबार, चैत्र ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । 

    काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन् । 

    एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार