Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • निर्वाचनलाई लिएर विप्लवको पार्टीमा दुई धार, सचिवालय सदस्यहरू नै चुनावको विपक्षमा


    सोमबार, चैत्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने\नजाने विषयमा दुई धार देखिएको छ ।

    शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटि बैठकमा महासचिव विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन आउँदो स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनुपर्ने बताएका छन् ।

    विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा रहेपनि यता सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली भने चुनावको विपक्षमा उभिएका छन् ।

    बास्तोलाले चुनावको विरोध गरे पनि राष्ट्रपतीय प्रणालीको एजेण्डा अगाडि बढाउनुपर्ने तर्क गरेका छन् भने ओलीले चुनाव बहिष्कारनै गर्नुपर्ने बताएका छन् ।

    ‘पार्टीमा दुई धार स्पष्ट देखिएको छ । सचिवालयकै नेताहरू चुनावको पक्ष र विपक्षमा छन्,’ एक केन्द्रीय सदस्यले भने, ‘हामीले शान्तिपूर्ण राजनीतिमा आउने भनेर सहमति गरिसकेपछि अब चुनावमा जानुपर्छ भन्ने मत बलियो छ। केही साथीले अहिले जस्तो निर्वाचनमा गएर अर्थ नहुने बताउनुभएको छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार