Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    सोमबार, चैत्र ७ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । 

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३४ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४८ पैसा र बिक्री दर १६० रुपैयाँ २७ पैसा छ ।  

    स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८९ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९० रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४६ पैसा छ । 

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १५ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ दुई पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ तीन पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ मात्र रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार