Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संगीत घरको वार्षिकोत्सवमा पुरस्कार


    सोमबार, चैत्र ७ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा रहेको सरु संगीत घरकाे प्रथम वार्षिकाेत्सव मनाइएकाे छ । हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।

    कार्यक्रममा ‘परफर्मेन्स अफ स्टुडेन्ट आर्टिस्ट’मा विजयी हुने सरु संगीत घरका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । आर्या खनाललाई प्रथम, अनुस्किता पोखरेललाई द्वितिय, सुभम निरौलालाई तृतिय र प्रारुप प्रसाइँलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ । विजयीले नगद तथा प्रमाणपत्र पाएका थिए ।

    सरु संगीत घरका निर्देशक तथा संगीतकार डेनी निरौलाले कोरोना महामारीमा भर्चुअल माध्यमबाट पढाइएका विद्यार्थीहरुको प्रगतिबाट आफू खुशी भएको बताए ।

    कार्यक्रममा विद्यार्थीहरुले २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डिएसपी फडिन्द्र प्रसाइँ तथा समाजसेवी श्याम थापाको उपस्थिति थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार