Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे


    सोमबार, चैत्र ७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

    हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएकाे छैन ।’

    मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलाे लागेको हो । वनमा एक्कासी डढेलाे लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए ।

    डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलाे नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार