काठमाडाैं । न्याय सेवा आयोगको बैठकले ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।