Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको प्रश्न : मनाेनयनकाे समय दुई दिन किन चाहियो, गठबन्धनमा खटपट मिलाउन ?


    आइतबार, चैत्र ६ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको  लागि छुट्टाएको समयप्रति आपत्ति जनाएका छन् ।

    इलामको सूर्योदयमा आयोजित जनसभालाई सम्बोधन गर्दै ‘गठबन्धनको खटपट मिलाउन दुई दिनको समय छुट्टाएको हो ? भनेर निर्वाचन आयोगलाई प्रश्न गरेका छन् ।

    ‘सधैँ मनोनयनको लागि एक दिन दिने गर्थ्यो, यसपल्ट वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो’, एमाले अध्यक्ष ओलीले भने,‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नभ्याइन सक्छ, कुरा नमिल्न सक्छ, भोलिपल्ट मिलाउन ?’

    अध्यक्ष ओलीले विश्वभर मनोनयन एकै दिन हुने भन्दै नेपालमा किन दुई दिन भनेर आयोगलाई प्रश्न गर्दै भने,‘ पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

    ओलीले निष्पक्ष भएर काम गर्न आग्रह गरेका छन् । ‘उहाँहरू (गठबन्धन)  मुद्दा मामिलाको माध्यमबाट निर्वाचन आयोगलाई दुरुपयोग गरेर  आफ्नो पक्षमा पार्न चाहनु  हुन्छ’, अध्यक्षले अघि थपे,‘ म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु  निर्वाचन आयोगले एउटाको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुहोस् ।’

    अध्यक्ष ओलीले काँग्रेसलाई अनुकूल हुने गरी चुनाव चिन्हमा हरियो रंग लगाएको आरोप लगाएका छन् । ‘रुखलाई हरियो पार्न सूर्यलाई पनि हरियो बनाउने ?, काँग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? काँग्रेसको रुख निलो पार्न निलो रंग चाहियो ?’, एमाले अध्यक्ष ओलीले भने,‘दलहरूसँग निर्वाचन आयोगले के परामर्श गर्‍यो ? किन काँग्रेसको अनुकूल हुने गरी काम गरिरहेको छ, सूर्य हरियो हुन्छ कहीँ, सूर्यलाई पनि हरियो बनाउने ?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार