Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले बोलायो पोलिट्ब्यूरो बैठक


    आइतबार, चैत्र ६ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो  बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएकाे छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए । 

    ९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने ? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने ? लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी  बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।

    उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ । त्यस्तै यहि चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार