Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलामबाट ओलीकाे गर्जन- सूर्य पनि हरियो हुन्छ कहीं ?


    आइतबार, चैत्र ६ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएकोमा आक्रोश पोखेका छन् ।

    आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश पोखेका हुन् ।

    ‘रूखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो? दलहरूसँग किन परामर्श गरिएन? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो? सूर्य हरियो हुन्छ कहीँ,’ उनले आक्रोश पोखे।

    ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु। उसले एउटा पार्टीको पक्षमा मात्र होइन। निश्पक्ष भएर काम गर्नुपर्छ। अहिले आयोगले चुनाव चिन्हमा रूखको रंग सबैलाई दिने रे, रूख पनि हरियो। सूर्य पनि हरियो, कही हुन्छ?’, ओलीले अगाडि भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार