Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘सालार’ को सुटिङमा प्रभास घाइते


    आइतबार, चैत्र ६ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

    सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए ।

    हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ ।

    प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन् । फिल्मको बजेट एक सय ५० करोड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार