Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करोडाैं रूपियाँ बक्यौता नतिर्ने सात एयरलाइन्सविरुद्ध नागरिक उड्डयनले थाल्याे कारबाही


    आइतबार, चैत्र ६ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ ।

    प्राधिकरणले आइतबार एक सूचना निकाल्दै अहिले सञ्चालनमा नरहेकाे र बक्यौता पनि नतिरेका सात कम्पनीलाई सात दिनको समयावधि दिएर रकम तिर्न ताकेता गरेको छ ।

    प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ ।

    प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

    यी हुन् बक्यौता नतिर्ने कम्पनीहरू

    • नेकोन एयर : ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ
    • शिवानी एयर : ५५ लाख ५१ हजार ५३ रुपैयाँ
    • गोरखा एयर : २० लाख ३५ हजार २९ रुपैयाँ
    • माउण्टेन एयर : ६ लाख १० हजार ८३४ रुपैयाँ
    • कस्मिक एयर : ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ
    • स्काइलाइन एयरवेज : ७ लाख ८० हजार ४०० रुपैयाँ
    • एयर काष्ठमण्डप : ७ लाख ३८ हजार ४४७ रुपैयाँ
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार