Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुटिनलाई हत्याको डर, निजी सचिवसहित हटाए १००० व्यक्तिगत कर्मचारी


    आइतबार, चैत्र ६ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन् ।

    यी कर्मचारीले आफ्नो हत्या गर्नसक्ने डरले उनले अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत गरि लगभग १००० सदस्यलाई हटाएका हुन् ।

    यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ ।

    पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार