Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कामु प्रधानन्यायाधीश कार्कीले बाेलाए न्याय सेवा आयोगको बैठक, नयाँ अफिसरको पदस्थापन र कर्मचारी सरुवाकाे तयारी


    आइतबार, चैत्र ६ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

    न्याय परिषद् स्राेतका अनुसार आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपरान्ह २ बजेका बैठक बोलाएका हुन् ।

    आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको छ । त्यसैगरी न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा गर्ने एजेण्डासमेत रहेको बताइएको छ । 

    प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार