Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा पुगेर यसरी मनाउँदै छन् पूर्वराजा शाह दम्पतीले नयाँ वर्ष


    आइतबार, चैत्र ६ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । 

    निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलकाे झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । 

    ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने तयारीमा रहेका शाह दम्पतीको सुरक्षा र कन्भेसहितको टोली भने भोलि (सोमबार) झापा जाने कार्यक्रम रहेको छ।

    झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतले जानकारी दिएकाे छ । यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम भने तय भइसकेको छैन ।

    कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेका हुन् । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार