काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा भाग लिने पक्ष अल्पमतमा परेको छ । नेकपाको ५ सदस्यीय सचिवालय बैठकमा चुनावमा भाग लिने पक्षमा महासचिव विप्लव र खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ देखिएका थिए भने हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर निर्वाचनमा भाग लिनै नहुने पक्षमा खुलेका थिए ।
सचिवालयमा अल्पमतमा परेको नेकपाका महासचिव विप्लव पक्ष शिवगढीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा भाग लिने निर्णय गराउने प्रयासमा छ । कपिलवस्तुको शिवगढीमा आज बसेको बैठकमा जबर्जस्ती निर्वाचनमा भाग लिने निर्णय गराउन खोजेमा नेकपा विभाजन हुने संभावना रहेको उक्त पार्टीकै एक नेताले बताए । ती नेताका अनुसार सचिवालयको बहुमत निर्वाचनको विपक्षमा भएपछि महासचिव विप्वल पार्टीको केन्द्रीय कमिटी बैठकबाट निर्णय गराउन खोजिरहेका छन् । यदि केन्द्रीय कमिटी बैठकबाट जबर्जस्ती निर्वाचनमा भाग लिने निर्णय गराएमा पार्टी विभाजनको दिशामा जान सक्छ ।
यसअघि मोहन बैद्य किरण नेतृत्वको पार्टीले चुनाव बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।
नेकपाका महासचिव बिप्लव र सचिवालय सदस्य प्रकाण्ड दुवै बुर्जुवाहरुले गराएको चुनावमा भाग लिन लालायित छन् । सर्वहाराको मुक्तिका लागि हतियारसमेत उठाएका बिप्लव र प्रकाण्डले ७० लाख मूल्यको गाडी चढेको र सरकारी पीएसओ लिएर हिंड्ने गरेको बिषय पार्टीभित्रै चर्चाको बिषय बनेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend