Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमसीसी अनुमोदनको ‘साइड इफेक्ट’: पार्टीमा असन्तुष्ट माओवादी नेता विष्ट एमालेमा प्रवेश गर्दै


    आइतबार, चैत्र ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै पार्टी परित्याग गरेका नेकपा माओवादी नेता ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

    माओवादी केन्द्रबाट अलग भएका विष्टलाई आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गर्नेछन् ।

    उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका छन् ।

    विष्टले आफू आज एमालेमा प्रवेश गर्न लागेको बताउँदै भने, ‘आज मसहित अन्य नेता–कार्यकर्ताहरु एमालेमा समाहित हुँदैछौं ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार