Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकार र प्राविधिकलाई ‘मेरो कथा’ को सम्मान


    आइतबार, चैत्र ६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युट्यबुमा प्रसारण भइरहेको टेलिफिल्म ‘मेरो कथा’ले ५१ भाग पूरा गरेको छ ।

    ५१ औं भाग पुरा गरेको अवसर पारेर टेलिफिल्मले शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै स्रष्टा सम्मान गरेको छ । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन मनाएसँगै आगामी भागमा निर्देशनको जिम्मेवारी रामजी राउतले सम्हाल्ने घोषणा गरियो ।

    कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार तथा निर्देशक नीर शाह, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।

    टेलिफिलममा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज  दाहाल, सन्दीप कँडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियलमा तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । टेलिफिल्ममा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, समीर मियाँको कलर तथा भिएफएक्स र रामेश्वर हुमागाईंको छायांकन रहेको छ । कार्यक्रममा कलाकार तथा प्राविधिकलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार