Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु


    आइतबार, चैत्र ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । 

    पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ । 

    रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार