Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय


    आइतबार, चैत्र ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

    विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मितीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार