पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।
देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताएका छन ।
२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो, प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भनेका थिए ।
उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताएका छन ।
सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।
मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ, प्रचण्डले भने,हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।
उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताएका छन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend