Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकप्रिय सरु संगीत घरको प्रथम बार्षिक उत्सब सम्पन्न


    शनिबार, चैत्र ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर ।लोकप्रिय सरु संगीत घरले आफ्नो प्रथम बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्मन्न गरेको छ।  सरु संगीत घरले बरिष्ट हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा आफ्नो प्रथम बार्षिक उत्सव तथा प्रर्फमेन्स अफ स्टुडेन्ट आर्टिसमा बिजयी हुने सरु संगीतघरका बिद्यार्थीलाई पुरस्कार बितरण कार्यक्रम सम्मन्न गरेको हो ।कार्यक्रममा  अतिथिहरु राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल डिएसपी फडिन्द्र प्रसाँइ तथा समाजसेवी श्याम थापाको पनि उपस्थिति रेहेको थियो ।

    आज शनिवार महालक्ष्मी नगरपालिकाको  सानागाँउमा  आयोजित कार्यक्रममा प्रर्फमेन्स अफ स्टुडेन्ट आर्टिसमा प्रथम हुने आर्या खनाल दितिय हुने अनुस्किता पोखरेल तृतिय हुने सुभम निरौला तथा सानत्वना पुरस्कार प्राप्त गर्ने प्रारुप प्रसाँइलाई बरिष्ट हास्यकलाकार किरण केसीले नगद तथा प्रमाणपत्र बितरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार  डेनी निरौलाले कोरोना माहामारीमा  भर्चुयल माध्यमबाट पनि  यस बिद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका बिद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। 
    उक्त कार्यक्रममा  २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।

    saru2.jpg
    undefined
    saru7.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार