Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व पश्चिम लोकमार्गमा दुर्घटना: एक जनाको मृत्यु


    शनिबार, चैत्र ५ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।सप्तरीको पूर्व-पश्चिम लोकमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वाला बस्ने ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते भएका लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार