Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : ओली


    शनिबार, चैत्र ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आयोजित गरेको  कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

     यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको अध्यक्ष ओलीले दावी  गरे । युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेकाले  एमालेलाई भोट दिने ओलीको भनाई छ ।

    उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार